फस्टलुकसँगै ‘प्रेम गीत ३’ को रिलिज डेट घोषणा

फिल्म । निर्माता सन्तोष सेनले फिल्म ‘प्रेम गीत ३ ‘ निर्माणको घोषणा गर्दै रिलिज डेट समेत सार्वजनिक गरेका छन् । सार्वजनिक फस्टलुकले यसपटक पिरियड ड्रामालाई प्रस्ट्याउछ । फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्नेछन् । फस्टलुकसंगै फिल्म यस वर्षको अन्तिम अर्थात् चैत्र २८ मा रिलिज हुने तय भएको समेत निर्माता सेनले जानकारी दिएका छन् । उनले प्रेस विज्ञप्ति मार्फत फिल्मको स्टारकास्ट पनि छिटै नै सार्वजनिक गर्ने जानकारी दिए । आसुसेन फिल्म प्रोडक्सनको ब्यानरमा यस अगाडी नै चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु निर्माण भइसकेको छ ।

कमेन्ट गर्नुहोस्