संजयको फिल्ममा सलमान बिजनेसम्यान

फिल्म । पछिल्लो समय सलमान खान र निर्देशक संजयलीला भन्सालीले बनाउने फिल्मको चर्चा बि-टाउनमा बढ्दो छ । झन्डै १९ वर्ष अगाडी ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका संजय र सलमानले दर्शकको माया पाएका थिए । पछिल्लो समय एक्सन फिल्ममा आइरहेका सलमानले आफ्नो स्टारडम भने लभ स्टोरी फिल्म मार्फत नै बढाएका हुन् ।यसैले गर्दा पनि पछिल्लो समय सलमान लभ स्टोरीको खोजिमा थिए । यसै शिलशिलामा पछिल्ला तिक्तता हटाउदै संजयले उनलाई कथा सुनाए । उक्त कथालाई सलमानले मन पराएपछी यतिबेला भाइजानको प्रेम अवतारलाई फेरी बलिउडले हेर्न पाउने भएकोछ ।

फिल्म बनाउन माहिर मानिने संजय र स्टार सलमान खानले एकसाथ काम गर्ने खबरले नै बि-टाउन तातेको छ । फिल्ममा लिड अभिनेत्री आलिया भट्ट हुने भएकी छिन । उनले सलमान र संजयको ‘हम दिल दे चुके सनम’ लाई स्कुले जीवनमा हेरेकी थिइन् । दर्शकको लागि सलमान र आलियाको जोडी फ्रेश हुनेछ भने संजयको लभ स्टोरी प्रतिक्षित । फिल्मको नाम ‘इन्शाअल्लाह’ जुराइएको छ । फिल्ममा सलमान र आलियाको उमेरान्तरको चर्चा धेरै नै भयो । अन्तत यसको पनि जवाफ फिल्मले दिनेछ । फिल्ममा सलमान एक बिजनेसम्यानको भूमिकामा देखिनेछिन् भने उनको प्रेम आलियासँग बस्छ । यी दुइको प्रेम र त्यसमा आउने उतारचढावनै फिल्मको कथावस्तु रहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्