बेलायतमा रुचाइयो ‘क्याप्टेन’

फिल्म । नेपाल प्रदर्शनको झन्डै एक महिनापछि बेलायतमा फिल्म ‘क्याप्टेन’ प्रदर्शन गरिएको छ । फिल्मका लिड एक्टर अनमोल केसी र निर्माता भुवन केसी फिल्म लिएर बेलायत पुगेका थिए । यी दुइले फुटवलको कथा वस्तु समेटेको फिल्म मार्फत प्रसंसा बटुले । बेलायतको अल्डरसर्ट स्थित प्रिन्सेस हलमा गरिएको प्रिमियरमा राजदुत डा. दुर्गा बहादुर सुवेदी, गायिका मिरा राणा, गायक योगेश्वर अमात्य, सितु खरेल, नायक ध्रुव दत्त, नायिका दिया पुन, यादव श्रेष्ठ लगायतका कलाकर्मीसँगै करिब तीन सय दर्शकले फिल्म हेरेका थिए ।

फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो । भुवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी, नवराज उपे्रतीेको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्