‘ए मेरो हजुर ३’ ट्रेलरमा अनमोलको दुइ रुप (भिडियो)

फिल्म । अनमोल केसी स्टारर फिल्म ‘ ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक भएको छ । प्राविधिक कारणले गर्दा बुधवार सार्वजनिक हुनुपर्ने ट्रेलर विहिबार सार्वजनिक गरिएको हो । ट्रेलरमा अनमोलको दुइ अवतार देखाइएको छ । उनि रकस्टार प्रेम बनेका छन् भने साथै घनश्यामको क्यारेक्टरमा पनि छन् । अर्थात् ट्रेलरमा उनलाई दुइ गेटअपमा देखाइएको छ । उनिसँगै डेब्यु गर्ल सुहाना थापा पनि नोटिस छिन् । सुहाना फिल्मी निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाकि छोरी हुन् ।

डेब्यु फिल्ममा नै उनले आफ्नो जादु देखाउन सफल भएकी छिन् । फिल्ममा अर्पण थापा , सलोन बस्नेत , रविन्द्र झा लगायतको पनि अभिनय रहेको छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व छ । फिल्म चैत्र २९ गते रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्