फिल्म । भारतकी चर्चित नेत्री तथा अभिनेत्री जयललिताको जीवनीमा आधारित रहरे फिल्म बन्ने भएको छ । केहि समय यता उनको बायोपिक बन्ने चर्चा भएता पनि तथ्य भने सार्वजनिक भएको थिएँन् । पछिल्लो समय भने फिल्मसँग जोडिएर विवरण बाहिर आएको छ । १ सय ४० वटा फिल्ममा अभिनय गरेकी उनले ८ पटक विधानसभाको चुनावमा लडेकी थिइन् भने एकपटक राज्यसभामा मनोनित भएकी उनी तमिलनाडुमा ४ पटक मुख्यमन्त्री बनिन् ।
उनलाई तमिलनाडूमा जनताले निकै माया गर्थे यसैले गर्दा उनको निधन भएपछी ७७ जनाले आत्महत्या गरेका थिए , जसलाई उनको पार्टीले जनही ३ लाख रुपैया राहत पनि दिएको थियो । ४ डिसेम्बर २०१६ मा उनको हृदयघातको कारण निधन भएको थियो । फिल्मको कथालाइ बाहुबली सिरिज र मनिकर्निकालाई लेखेका लेखक केवी विजयेन्द्र प्रसादले लेखिरहेका छन् भने यसलाई एएल विजयले निर्देशन गर्नेछन् । फिल्म आउँदो वर्ष २०२० मा रिलिज हुनेछ । संवत फिल्मलाई जय ललिताको जन्मोत्सवको अवसर पारेर रिलिज गर्ने तयारी निर्माण पक्षको रहेको छ । (एजेन्सी)












