फिल्म । गत वर्षको अन्तिम महिना डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनो स्टारडम बढिरहदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’ को सिक्वेललाई प्रस्ट्याउने केहि झलक पहिलो च्याप्टरमै रहेकाले च्याप्टर २ को प्रतिक्षा बढेको हो ।
सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । फिल्मको शुभ मुहुर्त गर्दै छायांकन सुरु भैसकेको छ । फिल्मसँग जोडिएका सेलेब्सले सामाजिक सञ्जाल मार्फत फिल्मको छायांकन सुरु भएको प्रस्ट्याएका छन् । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् संजय दत्त पनि देखिनेछन् । संवत उनि भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्मको छायाँकन सुरु भएता पनि यसको रिलिजलाई लिएर कुनै डेट घोषणा गरिएको छैन । फिल्म च्याप्टर फस्ट झैँ पाँच भाषामा रिलिज हुनेछ ।
KGF Chapter 2- Muhurtha♥️ Yet another new beginning for all of us..This time bigger and grander💥Thank you all for making KGF Chapter 1 a huge success.. As we begin KGF 2 journey, we wish your support and blessings🙏🏻 Much love to all♥️#Muhurtha #NewBeginnings #KGFChapter2 ♥️ pic.twitter.com/p0FcgEvEwB
— Srinidhi Shetty (@SrinidhiShetty7) March 13, 2019











