फिल्म प्रचारको लागि महोत्सवमा पुगे सलिन

फिल्म । डेब्यु फिल्म मार्फत नै राईजीङ स्टारको ट्याग पाएका सलिनमान बनियाँलाई प्रत्यक्षहेर्नको लागि हेटौडामा जारि औधोगिक मेलामा दर्शकको भिड उर्लिएको छ । गत फागुन १६ देखि चलिरहेको औधोगिक मेलमा शनिवार २० हजारको हाराहारीमा दर्शक रहेको आयोजकले जनाएको छन् । शनिवार सलिन आफ्नो रिलिजको क्रममा रहेको फिल्म ’यात्रा : अ म्युजिकल भ्लग’ को प्रचारप्रसारको लागि टिम सहित पुगेका थिए । सलिनसँगै सलोन बस्नेत , मलिका महत , जान्हवी बस्नेत , रेअर राई , विशाल सापकोटा , प्रेक्षा बज्राचार्य सहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ मेला पुगेका थिए ।

सलिन झन्डै १० मिनेट स्टेजमा रहदा उनले फिल्मकै गीत चट्ट रुमालमा नृत्य गर्नुका साथै आफ्नो फिल्मको डायलग समेत सुनाएका थिए । हेटौडामा पहिलो पटक चकलेटी हिरोलाई देख्दा स्थानीयले भरपुर स्वागत गरेका थिए । उनले ‘नमस्ते हेटौडा’ भन्दै गर्दा हेटौडाका दर्शकले ठुलो स्वरमा नमस्ते फर्काएका थिए । ‘मलाइ निकै खुसि लागेको छ , दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाइयो’ सलिनले भने ‘महोत्सवमा पहिलो पटक यसरि प्रस्तुत हुदैछु , दर्शकको माया प्रति आभारी छु ।’ उपस्थित सम्पूर्ण कलाकारले चट्ट रुमालमा नृत्य गरेका थिए भने सलोनले पनि आफ्नो भूमिकाको बारेमा प्रस्ट्याउदै यात्रा हेर्न आग्रह गरेका थिए । उनले पनि आफ्ना फेमश डायलग सूनाएका थिए । सलिनलाइ स्टेजमा देखेपछी दर्शकले निकै बेर हुटिंग गरेको मेला समितिका संयोजक सुशान्त श्रेष्ठले बताए । ‘मेलामा निकै भिड थियो भने युवा पुस्ता सलिनलाई हेर्न आएका थिए’ उनले भने ‘मेला सुरु भएदेखि कै अत्यधिक भिड शनिवार थियो ।’ उनले यात्रा टिमलाई धन्यवाद समेत दिए ।

सलिन फिल्ममा भ्ल्गिस्टको भूमिकामा छन् । यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

कमेन्ट गर्नुहोस्