सुशान्त र संजनाको ‘दिल बेचारा’ नोभेम्बरमा

फिल्म । पछिल्लो समय फिल्म ‘सोनचिडिया’ मार्फत खासै कमल देखाउन नसकेका सुशान्त सिंह राजपुत नयाँ फिल्म ‘दिल बेचारा’ लाइ लिएर उत्साहित छन् । लभ स्टोरी भन्ने फिल्ममा उनको को-स्टार छिन , संजना सांघी । उनले यसअगाडी नै रकस्टार र हिन्दी मिडियममा सानो भूमिकामा काम गरिसकेकी थिइन् भने लिडको यो पहिलो हो ।

स-सानो भूमिका मार्फत नै नोटिस भएकी संजनालाई निर्माण टिमले रमकम जनरको लागि लिएको हो । फिल्मको फस्टलुक सार्वजनिक गर्दै डेट घोषणा गरिएको छ । ‘फल्ट इन आर स्टार्टस’ उपन्यासमा आधारित यस फिल्मलाई दर्शकले यसै वर्षको नोभेम्बर २९ मा हेर्न पाउनेछन् । फिल्मको सिनको एक दृश्यमा सुशान्त र संजना रोमान्टिक मुडमा देखिएका छन् । फिल्ममा यी दुइको लभ लाइफलाई देखाईनेछ । फिल्ममा यी दुइसँगै सैफअलि खान पनि हुनेछन भने यसलाई मुकेश छाबराले निर्देशन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्