बबीका छोराले किन नकारे यशराजको अफर ?

फिल्म । बलिउडमा पछिल्लो समय स्टारकिडले डेब्यु गरिरहेका छन् । कोहि सफल छन् भने कोहि असफल । तर स्टारकिड डेब्युको समयमा मिडियामा निकै छाउने गर्छन । त्यसैले पनि फिल्मकर्मी र बि-टाउनका हिट ब्यानरले बलिउडमा डेब्यु गराउने सोचमा स्टारकिडलाई अफर गर्ने गर्छन । यस्तै अफर गएको छ बबी देओलका छोरा आर्यमान देओललाई । उनलाई बलिउडकै प्रसिद्ध ब्यानर यशराज फिल्म्सले डेब्युको लागि अफर गरेको हो ।

बलिउडमा यशराज फिल्म्सले धेरै नयाँ अनुहारलाई ल्याईसकेको छ भने स्थापित कलाकारको पनि यो ब्यानरसँग काम गर्ने ईच्छा हुन्छ । तर बबीका छोरा आर्यमानले भने अफरलाई रिजेक्ट गरेका छन् । यशराजको अफरलाई रिजेक्ट गर्नुको कारण भने उनले आफ्नो स्टडी देखेका छन् । ‘मैले मेरो अध्यनलाई समय दिईरहेकोले यतिबेला फिल्ममा आउनु सक्दिन’ उनले एक अन्तर्वार्ताको क्रममा भारतीय मिडियालाई भनेका छन् ‘यतिबेला नआएपनि मेरो गन्तव्य भनेकै बलिउड हो ।’ बबीले आर्यमानलाइ एक अवार्ड शोमा साथै लिएर गएका थिए , सो समय देखि उनको चर्चा बि-टाउनमा बढ्दो छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्