मणिरत्नमको पिरियड ड्रामामा ऐश्वर्या

फिल्म । निर्देशक मणिरत्नम नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनि लार्ज क्यानभासको फिल्म निर्माण गर्ने तयारीमा छन् , जहाँ उनले बलिउडकि सुन्दरी ऐश्वर्य राय बच्चनलाई अनुबन्धित गरिरसकेका छन् । फिल्म गुरुमा संगै काम गरेकोले पनि मणिले ऐश्वर्या फिट हुने क्यारेक्टर देखेपछी उनलाई साइन गराएका छन् । ऐश्वर्यासँगै फिल्ममा उनका ससुरा तथा महानायक अमिताभ बच्चन पनि देखिनेछन् । यी दुईले फिल्म खेल्ने पक्का भईसकेको छ । यो फिल्ममा १० औ र ११ औ शताब्दीको कथालाइ देखाइनेछ ।

कल्की कृष्णमुर्तीको उपन्यास ‘पोन्नियिन सेलवन’ आधारित रहनेछ । यसको पाच भाग रहेका छन् , जसलाई निर्देशक मणिले तिन सिरिजमा तयार गर्नछन् । फिल्ममा साउथ इन्डियाका चिनिएका अनुहारहरु विक्रम, विजय सेतुपति, सिम्बु , जयम रवि जस्ता कलाकार पनि रहने भारतीय मिडियामा उल्लेख छ । फिल्मको सम्पूर्ण छायाँकन एकै सेड्युलमा गरिनेछ तर यसलाई तिन भागमा रिलिज गरिनेछ । फिल्मको बजेट ५ सय करोडको हाराहारीमा हुने जनाइएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्