सुनिलले ल्याए ‘बाल्य प्रेम’ (भिडियो)

संगीत । ‘नाइँ नभन्नू ल’ सिरिजमा आबद्ध भएपछि हटकेक बनेका बाल कलाकार अनुभव रेग्मी अचेल फिल्मसँग म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । हालै उनी अभिनीत नयाँ म्यूजिक भिडियो युट्युब रिलिज भएको छ । ‘बाल्य प्रेम’ बोलको गीतको भिडियोमा अनुभव र एञ्जिला बानियाँ फिचर्ड छन् । गायक सुनिल छिदलको स्वर रहेको गीतमा उनकै शब्द तथा संगीत छ । गायनमा उनलाई लुरीले साथ दिएकी छन् ।

भिडियोमा गायक सुनिल पनि प्रस्तुत छन् । उनको बाल्यकालको भूमिका अनुभवले निर्वाह गरेका छन् । दर्जनौं चर्चित गीतमा निर्देशन गरिसकेका रोजल थापा सार्वजनिक गीतको भिडियोका निर्देशक हुन् । मेघराज मगरातीले भिडियोमा ड्रोन उडाएका छन् । अनिल रानाको सम्पादन रहेको भिडियोका छायाँकार विरेन्द्र भट्ट हुन् । गायक सुनिल सार्वजनिक गीतले जो कोहीलाई बाल्यकालको प्रेम जीवन सम्झना दिलाउने बताउँछन् ।

कमेन्ट गर्नुहोस्