नेपालगञ्जमा राजेश र कमलसँगै सन्दीपको प्रस्तुति हुँदै

संगीत । जति चिसो बढ्दै छ मोफसलमा मेला तथा महोत्सव बढ्दैछ । मङ्सिर देखि फागुनसम्मको समयलाई महोत्सवको उचित समय पनि भन्ने गरिन्छ । किनकी मङ्सिर देखि फागुनसम्म पनि पर्ने सम्भावना हुदैन । यसैले गर्दा पनि महोत्सव तथा कन्सर्ट बढ्ने गर्छन । यसै शिलशिलामा मध्य पुषको चिसोमा नेपालगंजमा कन्सर्ट हुने भएको छ ।

पुष १६ मा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले नेपालगञ्ज गुञ्जने भएको हो । बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गर्ने जानकारी गराउदै सुरुवात नेपालगंजबाट हुन् लागेको जनाएको छ । नेपालगंजमा शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक फेटिभलको आयोजना गर्न लागिएको आयोजक समीर बलामीले बताए । ‘हाम्रो सांगीतिक अभियान अन्तर्गतको सुरुवात हो’ समीर भन्छन् ‘नयाँ वर्षको स्वागत लोकप्रिय कलाकारहरुसँग गर्न तयार हुनुस ।’

कन्सर्टमा गायकद्वय राजेश पायल राई र कमल खत्रीले आफ्नो गीतले उपस्थितलाई नचाउनेछन् भने कमेडियन सन्दीप क्षेत्रीले हँसाउनेछन् । साथै कन्सर्टमा नेपाल आइडल सिजन १ का चर्चित प्रतिष्पर्धी सुरज थापा र सुजाता पाण्डेको समेत प्रस्तुति रहनेछ । इभेन्टलाई लोकप्रियसञ्चारकर्मी नरेश भट्टराईले होस्ट गर्नेछन् । मध्यपश्चिममा यसलाई अहिलेसम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानिय आयोजक शारदा ईभेन्टसका रोनिश गौतमले बताएका छन् ।

यसकार्यक्रममा १५ देखी ६० बर्षसम्मका दर्शकहरुलाई लक्षित गरिएको छ भने ७ हजारदेखि १० हजार कार्यक्रममा उपस्थित हुने अनुमान आयोजकको छ । साथै कार्यक्रममा उपस्थित हुने दर्शकहरुलाई ढाकाटोपी लगाएर उपस्थित भइदिन समेत आयोजकले आग्रह गरेका छन् । कार्यक्रममा दर्शकको लागि ५ सय र १ हजारको मुल्यको टिकट रहेको छ ।

कमेन्ट गर्नुहोस्