टुँडिखेलमा सुगम , लाउरे र स्वस्तिमाको प्रस्तुति (फोटो फिचर)

संगीत । नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा काठमाडौँ स्थित टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा रग्बी खेलसंगै बिभिन्न साङ्गितिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । रग्बी वर्ल्ड कप टुर अन्तर्गत भएको प्रस्तुतिमा नायिका स्वस्तिमा खड्काले ‘कुटुमा कुटु’, ‘गैरी खेतको सिरै हान्यो’, ‘नाच फिरिरी’ लागायतका हिट गीतमा नृत्य प्रस्तुत गरिन् ।

कार्यक्रममा स्वस्तिमासंगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायतले आफ्नो बेजोड प्रस्तुती राखेका थिए । कार्यक्रममा बेली डान्सर बिनु शाक्यले डान्स गरेकी थिइन् । शो कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिएको थियो । सम्माननिय उपराष्ट्रपती नन्द बहादुर पुनले उक्त ट्रफी सार्वजनिक गर्दै अवलोकन समेत गरेका थिए । तस्वीरहरु दिपेन्द्र घिमिरे

कमेन्ट गर्नुहोस्