बलिउडमा डेब्यु तर साउथमा हिट

106 Shares

बलिउड । पछिल्लो समय साउथको फिल्ममा प्राय देखा पर्ने कलाकारमा पर्छिन काजोल अग्रवाल । उनले बलिउडमा पनि सिंघम , स्पेसल २६ र दो लाफ्जोकि कहानी लगायतका फिल्ममा काम गरिसकेकी छिन । उनलाई सुहाउदो भूमिकामा बलिउडमा राम्रो अफर हुने गर्छ भने साउथ फिल्ममा प्रायमा काजोल हुन्छिन । उनले बलिउड फिल्ममा काम गर्ने अवसर साउथ फिल्मकै कारण पाएकी हुन् ।

साउथ फिल्मको बढ्दो लोकप्रियतासँगै उनको चर्चा पनि बलिउडसम्म आइपुग्यो । तर काजोलको डेब्यु भने बलिउड फिल्म क्यु हो गया ना मार्फत भएको थियो । उनि यसफिल्ममा ऐश्वर्या रायको साथिको रुपमा देखिएकी थिइन् । तर यिनी नोटिस भइनन् । त्यसैले गर्दा साउथ लागिन । साउथमा हिट भएपछी फेरी उनलाई बलिउडमा काम गर्ने अफर दिए रोहित शेट्टीले । त्यस यता उनि दुवैतीर उतिकै व्यस्त छिन ।

Facebook Comments