भिडियोमा पुष्प र आँचल

जयहोस् । गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘पिरतीको रंग’ को भिडियो सार्वजनिक भएको छ । भाव सागर इन्टरटेन्टमेन्टबाट सार्वजनिक गीतमा शंकर थापाको संगीत तथा सुमन केसी र मेलिना राईको स्वर छ । ‘मखमली चोली’को सफलता पछि त्यही टिमबाट म्युजिक भिडियो तयार भएको हो । शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र आँचल शर्माको अभिनय छ । पुष्प र आँचलले सँगै काम गरेको यो पहिलो भिडियो हो । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रसुप्रिम पराजुलीको सम्पादन छ । श्याम स्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर उदयराज पौडेल हुन्।
कमेन्ट गर्नुहोस्