फिल्म । भारतीय अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई लिएर सामाजिक सञ्जालमा भइरहेका ट्रोलिङप्रति कडा प्रतिक्रिया दिएका छन् । ‘बिग बोस २०’को आगामी ‘वीकेन्ड का वार’ एपिसोडमा उनी ट्रोलरहरूमाथि आक्रोशित रूपमा प्रस्तुत भएको देखाइएको छ ।
शनिबार प्रसारण हुने एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसङ्ग उठाएका छन् । त्यसपछि उनले आक्रोशित हुँदै भनेका छन्, ‘कर लो ना ट्रोल, ये लो ।’
प्रोमोमा सलमानले स्टेजमै टोपी र ज्याकेट उतारेको देखिन्छ। उनी कार्यक्रममा सहभागी प्रतिस्पर्धीहरूसँग पनि कडा रूपमा प्रस्तुत भएको प्रोमोमा देखाइएको छ। ‘बिग बोस २०’ सेप्टेम्बर ६ देखि प्रसारण भइरहेको छ। कार्यक्रम सुरु भएयता घरभित्र दुई समूह बनेका छन्।
कमेन्ट गर्नुहोस्










