श्वेतालाई भन्दैछन् पल ‘तैले गर्दा हो’

सङ्गीत । गायक तथा संगीतकार बाबुल गिरी र गायिका बाबिना किरातीको स्वरमा रहेको नयाँ गीत ‘तैले गर्दा हो’ सार्वजनिक गरिएको छ । गीतमा श्रवण चौधरी, कृष्ण भट्टराई र सुस्मिता कटवालको कोरस स्वर पनि समावेश छ ।

भिडियोतर्फ सरदा चौलागाईंको निर्माण र हरि हुमागाईंको निर्देशन रहेको छ । भिडियोमा अभिनेता पल शाह र अभिनेत्री श्वेता विश्वकर्माको आकर्षक केमिस्ट्री देख्न सकिन्छ । साथै, दीपेन्द्र राज गिरी र श्रीकृष्ण निरौलाको अभिनयले भिडियोलाई थप सशक्त बनाएको छ ।

उत्तम हुमागाईंको छायांकन र सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोको सम्पादन तथा डीओपीको जिम्मेवारी पनि निर्देशक हरि हुमागाईंले नै सम्हालेका छन् ।

कमेन्ट गर्नुहोस्