‘परालको आगो’ को ‘निम्तो सुपारी’ सार्वजनिक

फिल्म । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार उक्त गीत ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको गीतमा संगीत सत्य- स्वरूप आचार्यले दिएका छन्। सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतको म्युजिक प्रोडक्सन रिकेश गुरुङले गरेका हुन् ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतको जोडी देखिएको छ भने अर्का जोडी सौगात मल्ल र सिर्जना अधिकारी पनि प्रस्तुत छन्। उनीहरूको केमिस्ट्री आकर्षक देखिन्छ। ग्रामीण परिवेशमा आधारित भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

यसअघि सार्वजनिक भएको ‘उडि जाउँ भने, म पंक्षी होइन’ बोलको गीतले दर्शकमाझ लोकप्रियता हासिल गरिसकेको छ। नयाँ गीत ‘निम्तो सुपारी’ले पनि दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ। लोकलयमा आधारित यस गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ।

गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ। फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन् भने छायांकन संकल्प भुजेलको रहेको छ।

हरिओम सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ। फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने रङ संयोजन कनाल कँवरको रहेको छ। भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्।

फिल्मको पाश्र्व संगीत किरण तुलाधरले दिएका छन् भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतको योगदान रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्। फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशक करणबहादुर साउद रहेका छन्। मिक्सिङ मुकेश शाह र निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।

सुलभी पोखरेल र सत्यम पोखरेलको प्रस्तुति रहेको यस फिल्मको नेपालभर वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

कमेन्ट गर्नुहोस्