क्रिटिक्स अवार्ड २०८१ : दया र थिन्ले बने सर्वोत्कृष्ट

फिल्म । चलचित्र समीक्षक समाज (फिक्सन) ले वर्ष २०८१ का लागि ‘क्रिटिक्स अवार्ड’ को नतिजा सार्वजनिक गरेको छ । समाजले चैत १८ गते प्रेस विज्ञप्ति जारी गर्दै १० विधामा उत्कृष्ट फिल्म तथा फिल्मकर्मीहरूको नाम घोषणा गरेको हो । यस वर्षको अवार्डमा बहुचर्चित फिल्म ‘शाम्बाला’ले वर्चस्व जमाएको छ ।

‘शाम्बाला’ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक (मीनबहादुर भाम) र उत्कृष्ट अभिनेत्री (थिन्ले ल्हामो) गरी तीन महत्वपूर्ण विधामा अवार्ड जितेको छ । त्यस्तै, फिल्म ‘गाउँ आएको बाटो’बाट दयाहाङ राई उत्कृष्ट अभिनेता घोषित भएका छन् भने सोही फिल्मबाट किशोर आचार्यले उत्कृष्ट साउन्ड डिजाइनको अवार्ड जितेका छन् ।

समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाका अनुसार, यस वर्ष औपचारिक समारोह आयोजना गर्ने लक्ष्य भए पनि देशको पछिल्लो राजनीतिक घटनाक्रम, जेन–जी आन्दोलन र निर्वाचनका कारण नतिजा मात्र सार्वजनिक गरिएको हो । उनका अनुसार २०८१ र २०८२ सालका अवार्ड आगामी वर्ष एकैसाथ भव्य समारोहबीच वितरण गरिनेछ ।

अवार्ड विजेताहरू:

उत्कृष्ट फिल्म: ‘शाम्बाला’ उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (‘शाम्बाला’) उत्कृष्ट अभिनेता: दयाहाङ राई (‘गाउँ आएको बाटो’) उत्कृष्ट अभिनेत्री: थिन्ले ल्हामो (‘शाम्बाला’) उत्कृष्ट पटकथा तथा लेखन: सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (‘सानो संसार’) उत्कृष्ट छायांकन: आलोक शुक्ला (‘आँखा’) उत्कृष्ट सम्पादन: जे. हिम ली र एलेक्स गुर्भिट्स (‘राजागञ्ज’) उत्कृष्ट साउन्ड डिजाइन: किशोर आचार्य (‘गाउँ आएको बाटो’) स्पेशल मेन्सन (अभिनय): सुपला सापकोटा (‘बोक्सीको घर’) स्पेशल मेन्सन (कला निर्देशन): ‘पूर्ण बहादुरको सारङ्गी’

कमेन्ट गर्नुहोस्