‘प्रवासी जीवन’को व्यापार निकै न्यून

फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत नेपाली फिल्महरूको फागुन २३ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो ।

नेपालबाट उज्ज्वल भविष्य र स्थायित्वको खोजीमा संयुक्त राज्य अमेरिका पुगेका नेपालीले भोग्नुपरेको संघर्षसहितको प्रवासी जीवनको कथामा आधारित फिल्म प्रवासी जीवन ले निकै न्यून व्यापार गरेको छ। गत फागुन १५ गतेदेखि नेपालभर प्रदर्शनमा आएको उक्त फिल्मलाई श्याम क्षेत्री र राम अधिकारले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।

फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारी लगायत कलाकारको अभिनय रहेको छ । उक्त फिल्मले हालसम्म रु १ लाख ३८ हजार ४८० कमाइ गरेको छ भने कुल ९०५ टिकट बिक्री भएका छन् ।

चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी फिल्महरूको व्यावसायिक विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्