‘कुमारी’ले कमायो ६५ लाख

फिल्म । चलचित्र विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत नेपाली फिल्महरूको फागुन २३ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो।

गत माघ २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कुमारी’ ले हालसम्म रु ६५ लाख कमाइ गरेको छ। निर्देशक दिनेश राउतको निर्देशनमा बनेको उक्त फिल्मका लागि कुल २० हजार २२७ टिकट बिक्री भएका छन् ।

फिल्ममा अभिषेक खड्का र आकृति राज भण्डारी लगायत कलाकारको अभिनय रहेको छ । जेन-जी पुस्ताको प्रेम कथामा आधारित यो फिल्मले अपेक्षाअनुसार व्यापार गर्न सकेन । दर्शकबाट मिश्रित प्रतिक्रिया पाएपछि त्यसको असर फिल्मको व्यापारमा परेको देखिएको छ ।

कमेन्ट गर्नुहोस्