‘बोर्डर २’ नेपालमा कस्तो चल्यो ?

फिल्म । भारतीय फिल्म ‘बोर्डर २’ ले नेपालमा राम्रो व्यापार गरिरहेको छ । सन् १९९७ मा रिलिज भएको सुपरहिट फिल्म ‘बोर्डर’ को कथालाई निरन्तरता दिँदै सैनिकको कथा देखाइएको फिल्म नेपालमा पनि प्रदर्शनरत छ । ‘सिनेपाः @ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार अनुसार गएको माघ १७ गतेसम्म उक्त फिल्मले नेपालमा २ करोड २१ लाख ९३ हजार ९१० रुपैयाँ ग्रस कमाएको छ ।सोही अवधिमा फिल्मको ६९ हजार ६६ वटा टिकट बिक्री भएका छन् ।

फिल्ममा सनी देओल,आहान शेट्टी, दिलजीत दोसांझ, वरुण धवन लगायतका कलाकारको अभिनय रहेको छ । ‘बोर्डर’ को निर्देशन जे.पी. दत्तले गरेका थिए भने सिक्वेलको निर्माण उनले गरेका हुन् । ‘बोर्डर २’ को निर्देशन अनुराग सिंहले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्