फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ ले प्रदर्शनरत नेपाली फिल्महरूको पुस २६ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
गत पुस १७ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘एक्लो’ ले अपेक्षाअनुसारको व्यापार गर्न सकेको छैन । प्रदीप शाहीको निर्देशनमा तयार भएको यस फिल्मले हालसम्म ४३ लाख २५ हजार ४९८ रुपैयाँ आम्दानी गरेको छ । फिल्मका लागि कुल १३ हजार ११ वटा टिकट बिक्री भएका छन् ।
अभिनेता प्रदीप खड्का, दिनेश डीसी, विजय लामा, बेनिशा हमाल र कविता नेपालीलगायत कलाकारको अभिनय रहेको यस फिल्मले दर्शकबाट अपेक्षित सकारात्मक प्रतिक्रिया पाउन नसकेपछि बक्सअफिसमा राम्रो प्रदर्शन गर्न नसकेको बोर्डको विवरणमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्










