फिल्म । नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को प्रिमियर बिहीबार साँझ काठमाडौंको बिग मुभिजमा सम्पन्न भएको छ । उपस्थित फिल्मकर्मी तथा दर्शकहरूले फिल्मलाई सुन्दर, सरल र मन छुने कथा भएको भन्दै उत्कृष्ट प्रतिक्रिया दिएका छन् । निर्देशक तथा लेखक उपेन्द्र सुब्बाको डेब्यु निर्देशनमा बनेको यो फिल्म ‘जारी’ को सिक्वेल हो ।
प्रिमियरमा मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बरालसहित निर्माण टिमका सदस्यहरू उपस्थित थिए । दर्शकहरूले लिम्बू समुदायको संस्कृति र च्याब्रुङ नृत्यलाई केन्द्रित गरेको कथालाई सरल तर प्रभावकारी प्रस्तुति दिएको बताएका छन् ।
प्रिमियरमा उपेन्द्र सुब्बाले दर्शकको मायाको धन्यवाद दिँदै कात्तिक २१ गतेदेखि सिनेमाघरहरूमा रिलिज हुने जानकारी दिए । फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ । रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको निर्माणमा बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको यो फिल्मलाई यस वर्षको व्यापारिक सफलताको अपेक्षा गरिएको छ ।









