ओटीटी । अयान मुखर्जीको निर्देशनमा बनेको स्पाइ एक्सन फिल्म ‘वार २’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने भएको छ । ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी अभिनीत यो फिल्म अक्टोबर ९ देखि हिन्दी, तेलुगु र तमिल भाषामा स्ट्रिमिङ हुनेछ । यो फिल्म सिद्धार्थ आनन्दको सन् २०१९ को हिट फिल्म ‘वार’ को सिक्वेल हो ।
गत अगस्ट १४ मा रजनीकान्तको फिल्म ‘कुली’ सँग एकसाथ सिनेमाघरमा रिलिज भएको ‘वार २’ ले विश्वभर बक्स अफिसमा ३ सय ६४ करोड भारूको व्यापार गरेको थियो । यो व्यापार पहिलो फिल्म ‘वार’ को ४ सय ७१ करोड भारूको लाइफटाइम कलेक्सनभन्दा निकै कम हो । भव्य एक्सन दृश्य र स्टार कास्टका बाबजुद फिल्मले कथानक र प्रस्तुतिमा दर्शकलाई पूर्ण रूपमा सन्तुष्ट पार्न नसकेको समीक्षकहरूको भनाइ छ ।
Double the rage. Double the rampage. Ready for the War? 🔥#War2OnNetflix pic.twitter.com/ABUr3PMuiw
— Netflix India (@NetflixIndia) October 8, 2025









