कात्तिक २१ मा ‘जारी २ : सङ अफ च्याब्रुङ’

फिल्म । जेनजी पुस्ताको आन्दोलनका कारण प्रदर्शन स्थगन गरिएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ आगामी भाइटीकामा प्रदर्शन हुने भनिएता पनि तेस्रो पटक सर्दै कात्तिक २१ मा प्रदर्शन हुने भएको छ । निर्माता रामबाबु गुरुङले विभिन्न छलफल पश्चात नयाँ मिति तय गरिएको जानकारी गराएका छन् । कवि समेत रहेका निर्देशक उपेन्द्र सुब्बाकै लेखनमा तयार भएको फिल्ममा लिम्बु समुदाय र तिनको संस्कृतिको सेरोफेरोमा कथा केन्द्रित रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् । फिल्ममा दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्