फिल्म । भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवास फिल्म ‘टाइसन नाइडु’ को छायांकनका लागि नेपाल आएका छन् । पोखराको सेड्युलपछि काठमाडौँमा छायांकन गरिरहेका अभिनेता श्रीनिवासले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा नेपालीको माया र सत्कारको प्रसंशा गर्दै लागि धन्यवाद दिए ।
‘म नेपाल आउन चाहेता पनि सम्भव भएको थिएन् , तर टाइसन नाइडुकै छायांकनको लागि भएपनि पहिलोपटक नेपाल आएँ । म निकै खुसी छु, यहाको खान र सत्कार गज्जब छ’, उनले भने ।
उनले फिल्म एक्सन विधामा आधारित रहेको जानकारी दिदै आफुले शनिवार पशुपतिनाथको दर्शन गर्ने बताए । सन् २०१४ मा ‘अल्लुडु सीनु’ नामक तेलुगु फिल्ममार्फत अभिनय यात्रा सुरू श्रीनिवासले अभिनय गरेका १० फिल्म प्रदर्शन भइसकेका छन् भने तीन छायांकन र पोस्ट प्रोडक्सनमा छन् । उक्त फिल्ममा नेपाल प्रहरीको भूमिकामा रहेका अभिनेता किरण श्रेष्ठले नयाँ अनुभव संगालेको बताए ।
‘उनीहरू योजना अनुरुप काम गर्ने रहेछन्, छायांकन अगाडि नेपाल आएर कहाँ र कहिले कति सिन खिच्ने सबै योजना बनाएका रहेछन । सोही अनुसार काम गरिरहेका छन्, अरू त हामी जस्तै शैलीमा काम गरेका छन् । उनीहरुको बजेटका कारण भव्यता भने छ’, किरणले भने ।
‘पर्खी बसे तिमीलाई’ मार्फत अभिनय यात्रा सुरू गरेका किरणले ‘आईसी ८१४’ नामक भारतीय वेब शृङ्खलामा काम गरिसकेका छन् ।