‘लभ एन्ड वार’ मा दर्शकलाई चकित पार्ने तयारीमा रणवीर र विक्की

फिल्म । बलिउडस्टार रणवीर कपुर र विक्की कौशलले सञ्जय लीला भन्सालीको बहुप्रतीक्षित फिल्म ‘लभ एन्ड वार’ मा आलिया भट्टसँग स्क्रिन सेयर गरिरहेकाछन् । यो फिल्मको छायांकन सुरु हुनुअघि नै दुवै अभिनेताले आफ्नो भूमिकाका लागि उल्लेखनीय शारीरिक परिवर्तन (फिजिकल ट्रान्सफर्मेसन) गरेको खबरले बजार तताएको छ ।

न्युज एटिनकाका अनुसार, रणवीरले ‘लभ एन्ड वार’ मा आफ्नो पात्रका लागि १२ किलो तौल घटाएका छन्, भने विक्कीले १५ किलो तौल घटाएर दर्शकलाई चकित पार्ने तयारी गरेका छन् । यद्यपि, ‘लभ एन्ड वार’ को छायांकन अझै सुरु भएको छैन। यस वर्षको सुरुमा मुम्बईमा आयोजित एक भेटघाट कार्यक्रममा रणवीरले यो प्रोजेक्टबारे उत्साह व्यक्त गरेका थिए ।

विक्की हालै २०२५ को सर्वाधिक कमाइ गर्ने फिल्म ‘छावा’ मा देखिएका थिए, भने आलिया भट्ट आफ्नो आगामी फिल्म ‘अल्फा’ को छायांकन सकिन्। यता, रणवीर नितेश तिवारीद्वारा निर्देशित ‘रामायण’ मार्फत अर्को वर्ष दीपावलीमा दर्शकमाझ आउने तयारीमा छन् । ‘लभ एन्ड वार’ ले सञ्जय लीला भन्सालीको सिग्नेचर शैलीमा भारतीय संस्कृति, भावना र संगीतको गहिरो प्रस्तुति गर्ने अपेक्षा गरिएको छ । रणवीर र विक्कीको शारीरिक परिवर्तन र यो त्रिकोणीय सहकार्यले दर्शकमा उत्साह थपेको छ ।

कमेन्ट गर्नुहोस्