‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’ को विजेता घोषित

सौन्दर्य । बुधबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’ को भव्य समापन समारोहमा विभिन्न ६ विधाका विजेताहरूको घोषणा गरिएको छ । प्रतियोगितामा दीक्षा अवस्थीले मिस सुप्रा नेसनल र साइरस विश्वकर्माले मिस्टर सुप्रा नेसनलको उपाधि हात पारे। अन्य उपाधि विजेताहरूमा मिस्टर इन्टरनेसनल सिद्धार्थ तामाङ, मिस ग्लोब रिजु भट्टराई, मिस्टर टुरिज्म क्रिशल श्रेष्ठ र मिस इन्टरकन्टिनेन्टल सुम्निमा पुरी रहेका छन् ।

यसैगरी, अनिशा श्रेष्ठ मिस नेसनल नेपाल र प्रयाग रेग्मी मिस्टर नेसनल नेपाल बन्न सफल भए । सिल्भिया शर्मा र सिजल कपाली क्रमशः फस्ट रनरअफ तथा युक्ता सिंह र अजहर आलम सेकेन्ड रनरअफ घोषित भए ।

प्रत्येक विजेताले नगद दुई लाख रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरे । सनुर्वी इन्टरनेसनलका राष्ट्रिय निर्देशक सन्तोष उपाध्यक्षले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए । महिला र पुरुष मोडलहरूको संयुक्त सहभागिता रहेको यस प्रतियोगिताको फाइनलमा २७ जना प्रतिस्पर्धीहरूले प्रतिस्पर्धा गरेका थिए । नोभेम्बर क्लोथिङको चौथो सिजनको यो प्रतियोगिता ट्रु डर्मा र महिन्द्रा अग्नि समूहको सहकार्यमा सम्पन्न भएको हो ।

फाइनलमा विभिन्न सबटाइटल विधाका विजेताहरूलाई पनि पुरस्कृत गरिएको थियो । साइरस विश्वकर्मा र सुम्निमा पुरी उत्कृष्ट स्विमवेयर, सिजल कपाली र अनिशा श्रेष्ठले टप फोटोजेनिक, साइरस विश्वकर्मा र मनिशा पन्तले टप फिजिकको अवार्ड जिते ।

त्यस्तै, टप मोडलतर्फ दीक्षा अवस्थी र क्रिशल श्रेष्ठ उत्कृष्ट ठहरिए भने सिल्भिया शर्मा मिस इलिगेन्स र प्रयाग रेग्मी मिस्टर एलिगेन्स घोषित भए । मल्टिमिडिया अवार्ड रविना जिसी र सिद्धार्थ तामाङले प्राप्त गरे भने पब्लिक च्वाइस अवार्ड रिजु भट्टराई र अजहर आलमको पोल्टामा गयो ।

अन्य सबटाइटल विजेताहरूमा मिस्टर एन्ड मिस ट्यालेन्ट सिद्धार्थ तामाङ र सुम्निमा पुरी, मिस्टर एन्ड मिस फोटोजेनिक छेवाङ शेर्पा र सुम्निमा पुरी, मिस एन्ड मिस्टर हस्पिटालिटी वर्षा थापा र छेवाङ शेर्पा, मिस्टर एन्ड मिस स्क्रीन अवार्ड सिद्धार्थ तामाङ र दीक्षा अवस्थी, बेस्ट हेयर मनिश शाह र अनु राई, बेस्ट स्माइल आयुश श्रेष्ठ र अन्जना शेर्पा रहेका छन् ।

त्यसैगरी, मिस्टर एन्ड मिस कन्जिनियालिटी जीवन उप्रेती र अनिशा श्रेष्ठ, मिस एन्ड मिस्टर कम्युनिकेट युक्ता सिंह र जीवन उप्रेती, मिस्टर एन्ड मिस इन्फ्युन्जर साइरस विश्वकर्मा र जुली शाह तथा मिस एन्ड मिस्टर इम्पावरमेन्ट स्वेछा ढकाल र स्पन्दन राई घोषित भए । प्रतियोगिताको निर्णायक मण्डलमा डा. सन्तोष उपाध्याय, अरुण बस्नेत, केदारप्रसाद न्यौपाने, डा. केशु खड्का, सिजल रुपाखेती र प्रीया सिग्देल रहेका थिए।

कमेन्ट गर्नुहोस्