फिल्म । बलिउड अभिनेता कार्तिक आर्यनले एक्सन फिल्म गर्ने भएका छन् । आज घोषणा गरिएको फिल्म ‘नागजिल्ला’ उनी भिन्न अवतारमा प्रस्तुत हुँदैछन् । धर्मा प्रोडक्सन र महावीर जैन फिल्म्स द्वारा प्रस्तुत यो फिल्म २०२६ अगस्ट १४ मा ग्रान्ड रिलिज हुनेछ ।
कार्तिक आर्यन सधैं फरक र साहसिक भूमिकामा देखिने कलाकारको रूपमा परिचित छन् । यस पटक पनि उनी एक अनौठो पात्रमा देखिन लागेका छन्-एक ‘स्नेक म्यान’, जुन उनको करिअरको सबैभन्दा अनौठो अवतार बन्ने अपेक्षा गरिएको छ । यो फिल्मले कार्तिक आर्यनलाई नयाँ उचाई दिने देखिन्छ ।
कमेन्ट गर्नुहोस्









