कर्मा : एक्सन मुडमा विपिन

फिल्म । सोसल ड्रामामा देखिदै आइरहेका अभिनेता विपिन कार्की ‘कर्मा’को सर्वजनिक फस्टलुक पोस्टर एक्सन मुडमा देखिएका छन् । एक्सन विधामा पहिलोपटक काम गरेका विपिनलाई निर्देशक सौरभले फरक रुपमा प्रस्तुत गरेका छन् । पोस्टरमा विपीनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार उनी बदलाको भावमा छन् ।

गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको प्रष्ट देखिन्छ । कलरसँग खेलिएको पोस्टरले पनि एक्सनको संकेत गर्छ ।

पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ । स्लोगनले ‘कर्मा’ सिचुएसनल एक्सन भएको सामान्य अनुमान लगाउन सकिन्छ ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशन गरिरहेका छन् । ‘कर्मा’ चैत २९ गते रिलिज हुनेछ । यसमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

एक्सन ड्रामा जनरामा निर्माण भइरहेको फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

कमेन्ट गर्नुहोस्