‘लक्की फिल्मी अवार्ड-२०८१’ फागुनमा

फिल्म । लक्की मिडिया हाउसले आगामी फागुन २५ गते ‘लक्की फिल्मी अवार्ड २०८१’ गर्ने भएको छ । ‘चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले फिल्म अवार्डलाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरिरहेको बताएका छन् ।

‘हामीले फिल्मी अवार्डलाई भव्य र सभ्य बनाउन सुझाव संकलन तीव्र पारेका छौँ । हामीसँग छलफलका क्रममा सबै उत्साहित हुनु हुन्छ, अवार्डले सिने जगतमा चितवनको थप पहिचान कायम हुनेछ’, उनले भने ।

यस अवार्डमा विभिन्न २४ विधामा कलाकारहरूलाई सम्मान गरिने महाप्रबन्धक कार्कीले बताए । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने उनले जनाएका छन् । विसं २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली फिल्म बजारको प्रचार र यसको प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्