प्रदीपको व्यङ्ग्य ,‘भुवन केसीलाई पछ्याएर महानायक बन्न सकिदैन्’

फिल्म । अभिनेता प्रदीप खड्का आफ्ना अभिव्यक्तिका कारण चर्चामा आउने गरेका छन् । विशेषत उनको शब्द र भनाइले उनलाई अफ्ट्यारोमा समेत पार्ने गरेको छ । सोही कारण उनलाई विवाद निम्त्याउने अभिनेता पनि भन्ने गरिन्छ । आउँदो फिल्मको प्रचारप्रसारको क्रममा कमेडियन सुमन कार्कीको एक व्यङ्ग्यात्मक कार्यक्रममा पुगेका प्रदीपले दिएको प्रतिक्रियाले उनलाई चर्चामा ल्याएको छ ।

अभिनेता राजेश हमालको नक्कल गरेर कार्यक्रम प्रस्तुत गरिरहेका कार्कीले अभिनेता खड्कालाई समानताको कारण देखाउदै प्रश्न गर्छन्,‘तपाइँ र म अचेल भुवन केसीको घरको बाटो हिडदैनौं !’ यसको जवाफमा प्रदीपले भन्छन्,‘त्यो बाटो हिडेर महानायक बनिन्छ जस्तो लागेन् ।’ आफ्नो पछिल्लो केहि फिल्मको प्रदर्शनको समय अभिनेता भुवन केसी चलचित्र विकास बोर्ड भएको हुँदा अभिनेता खड्का सम्बन्ध हार्दिक हुनसकेन ।

उनले सोही कार्यक्रममा ‘प्रकाश’ को समयमा प्रदर्शकसँग लडाई गरेको प्रसङ्ग कोट्याएका छन् । अभिनेता खड्काले यसलाई रमाइलोमा लिन दर्शकलाई आग्रह पनि गरेका छन् । यद्यपि उनले अभिनेता केसीलाई लक्षित गर्दै दिएको प्रतिक्रियामा रमाइलो ‘इन्टेन्सन’ मात्र छ भन्ने दर्शक पनि सहमत हुन् कठिन छ । साथै, यसलाई अभिनेता केसीले कुन रुपमा बुझछन् यो भने हेर्न बाँकी नै छ । जे होस्, अभिनेता खड्का फिल्म प्रदर्शनको समयमा विविध कारणले विवाद र चर्चामा भने आउने गरेका छन् । यसको ‘कन्टिनेन्यूटी’ यसपटक पनि हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस्