‘बलिदान’मा दिव्य अनुबन्धित

फिल्म । सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार हुने फिल्म ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । हालै निर्माण पक्षले उनीसँग सम्झौता गरेको हो । ‘बलिदानमा दिव्यजीको भूमिका अर्थपूर्ण छ । उहाँको अभिनय क्षमता र हाम्रो पात्रको डिमाण्ड आपसमा मेल खाएकै कारण हामीले रोजेका हौँ’, निर्देशक सेनले भने । नाट्यकर्म र फिल्म अभिनयलाई सँग सँगै हिँडाइरहेका दिव्यले अभिनय गरेको पछिल्लो फिल्म ‘महाजात्रा’ घरेलुसँगै डायस्पोरमा ‘ब्लकबष्टर’ भईसकेको छ । अभिनेता दिव्यले ‘बलिदान’ सँग जोडिन पाउँदा खुसी रहेको बताए ।

‘हाम्रो सहकार्य गत वर्ष सार्वजनिक गरिएको टिजरमा भएको थियो । सोही सहकार्यले अहिलेको सहकार्य सम्भव भएको हो । यो टिमले सुक्ष्म तरिकाले फिल्मलाई विना सम्झौता तयार गर्ने गरेको छ, सोही कारण म उत्साहित छु’, अभिनेता दिव्यले भने ।

दिव्य अगाडि फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायत अनुबन्धित भइसकेका छन् । हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म तयार लागिएको निर्देशक सेनले बताएका छन् । आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।

कमेन्ट गर्नुहोस्