‘पूर्ण बहादुरको: सारङ्गी’ घोषणा

फिल्म । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहेको सेभेन सिज इन्टरटेनमेन्टले फिल्म निर्माण गर्ने भएको छ । यस समूहले ‘पूर्ण बहादुरको: सारङ्गी’ को शिर्षकमा फिल्म निर्माण गर्ने घोषणा गरेको छ । विसं २०८२ मा प्रदर्शन गर्ने लक्ष्यसहित घोषणा गरिएको फिल्ममा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बताईएको छ ।

सार्वजनिक पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो । अगाडि बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा झुण्ड्याएका छन् सारङ्गी र बच्चा बोकेका छन्, काँधमा । फिल्मले सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथा व्यक्त गर्ने निर्माण पक्षले जनाएको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दैछन् । रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ । फिल्ममा केकी अधिकारी, प्रकाश सपूत, विजय बराल लगायतका कलाकारको अभिनय रहने चर्चा छ ।

कमेन्ट गर्नुहोस्