कलाकारितामा सन्तोष

फिल्म । केही नेपाली फिल्ममा सह निर्माताको भूमिका निर्वाह गरेका सन्तोष अधिकरी अभिनेता बनेका छन् । उनकै कम्पनिको निर्माण रहेको फिल्म’चित्रा’ मार्फत उनले अभिनय यात्रको सुरुआत गरेका हुन् । फिल्मसँगै सौन्दर्यको क्षेत्रमा इभेन्ट आयोजकको परिचय बनाएका अधिकारीले आफ्नै लगानी भएकै कारणले अभिनेता नबनेको दाबी गरे ।

‘मेरो विगत हेर्नुभयो भने थाहापाउनु हुन्छ । घर, आमा, तीन जन्तु लगायत फिल्म बनाएको छु । ती फिल्ममा मरो कुनै पनि रोल देख्नु भएको छ ? अब अभिनय मार्फत आउँदैछु । सबैको माया पाउनेमा विश्वस्त छु’, उनले भने ।

विदेशबाट फर्किएपछि अधिकारीले अस्याप इन्टरटेन्मेन्ट दर्ता गरे । कम्पनी दर्ता गरेपछि केही इभेन्टहरुसँगै केही म्युजिक भिडियो गरे । उनले जति पनि म्युजिक भिडियोहरु गरे ती उनका लागि अभिनयका कक्षाहरु थिए । यसक्रममा उनले क्यामेरा एङ्गल, फेस फ्रन्ट, क्यारेकटर के कतिको सुहाउँछ? आदिइत्यादी सिकेको उनको दाबी छ ।

‘मेरै कम्पनीमा विभिन्न डिपार्टहरु छन् सबैमा मेरो दख्खल पुग्दैन, त्यहाँ मैले त्यसका लागि सक्षम व्यक्ति राखेको छु । उनीहरुले आफ्नो जेमा दख्खल छ त्यो गर्छन् र म पनि आफूले जानेको कुरा गर्छु, अभिनय पनि मैले सक्षम भएरै गरेको हुँ’, अधिकारीले भने ।

उनी अष्ट्रेलियाको सिड्नी थिएटर स्कुलका विद्यार्थी हुन् । उनले त्यही नै आफ्नो अभिनय सिके, त्यहाँको अन्तर्राष्ट्रिय सिकाइले उनलाई ‘चित्रा’गर्ने आत्मविश्वासको जरा हालिदिएको हो, अब उनी त्यस्मा बलियो गरी खडा हुने सोचमा छन् ।

‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गर्छ । सामाजिक कथामा एक्सन र ड्रामालाई प्रस्तुत गरिएको छ । फिल्ममा मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरल लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई आशिष थापा मगरले निर्माण गरेका छन् भने यसमा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा, राजनराज शिवाकोटीको संगीत, मिलन अमात्यको गायन, महेश पौडेलको छायाँकन, बनिश शाह र सन्देश शाहको सम्पादन रहेको छ ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ। फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।

कमेन्ट गर्नुहोस्