सुमनले ल्याए ‘तिमीलाई चाँडै…’

सङ्गीत । फिल्म निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा ‘तिमीलाई चाँडै…’ बोलको गीतको भिडियो तयार गरेका छन् । सम्राट क्रियसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको आधुनिक गीतमा प्रमोद खरेलको स्वर, टिका भण्डारीको सङ्गीत र ईश्वर प्रवासीको शब्द रहेको छ ।

केही समय यता अमेरिकामै बसोबास गरिरहेका निर्देशक दाहालले केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपासमा रहेको रमणीय दृश्य भिडियोको छायांकन गरेका छन् । प्रवासमै रहेर पनि आफ्नो कला प्रतिको लगावलाई निरन्तरता दिई रहेका निर्देशक दाहालले गीतको भाव अनुसार भिडियो तयार गरिएको जानकारी दिए ।

भिडियोमा मोडलद्धय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय रहेको छ । भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको रँग संयोजन, राम ढकालको पोष्टर डिजाईन रहेको छ । गीतको भिडियोलाई पवन गौतमले छायाँकन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्