प्रशारणमा ‘नारी’ टेलिभिजनको प्रशारण प्रारम्भ

देश । नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा नारी टेलिभिजन एचडीको प्रशारण प्रारम्भ भएको छ । नारीहरुको नसुनिएका कथा, उत्पिडनको व्यथा, भुमिका र महत्व, समाज परिवर्तनमा अग्रसरता लगायतका कुराहरुलाई टिभिले समेट्ने उदेश्य राखेको अध्यक्ष निकिता पौडेलले जानकारी दिईन् । ‘महिलाहरुका हकहित, अधिकारका निमित्त नारी टिभि सदैव क्रियाशिल रहने छ । नारीहरुको आवाजका रुपमा पहिलो महिला सम्बन्धी टेलिभिजन प्रशारणमा ल्याउँन पाउनु मेरो लागि अवसर हो’, निकिताले भनिन् ।

टेलिभिजनको प्रशारण प्रारभ्म भएसँगै ‘माईती घर’ र ‘आजको नारी’ नामक कार्यक्रम र समाचार पनि प्रशारणमा भएको छ । बाजुराको बुढीगङ्गा नगरपालिका, वडा नम्बर १० मा एक कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिक रुपमा प्रशारणमा ल्याईएको हो ।

उद्घाटन समारोहमा उपस्थीत हुनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृह मन्त्री रवि लामिछानेले टेलिभिजनको भिडहरुमा नारी टिभीले फरक उदेश्य र महत्व राखेको बताउनुभयो । उनले भने,’महिलाहरुको आवाज बोल्नु पर्छ, समाज रुपान्तरणमा महिला सहभागिता अपरिहार्य देखिएको भन्दै नारी टेलिभिजन सञ्चालनमा ल्याउनु भएको छ । समस्त नारीहरुको आवाज बन्न सकोस् शुभकामना छ ।’

कमेन्ट गर्नुहोस्