फिल्म । फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै विभिन्न विवादमा फसेको छ । यस फिल्मका निर्मातामाथि धार्मिक भावनामा चोट पुर्याएको आरोप लागेको छ । बढ्दो विवादलाई देखेर निर्माण पक्षले चलचित्रका संवादहरू परिवर्तन गरेका छन् र थ्रीडी टिकटको मूल्यसमेत घटाएका । तर पनि ‘आदिपुरुष’ले गति लिन नसकेको र दिनप्रतिदिन आम्दानीमा ह्रास आएको छ । जसले ठूलो झट्का दिएको छ ।
‘आदिपुरुष’को आम्दानीमा दिनप्रतिदिन ठूलो गिरावट हुदाँ रिलिजको ११ औं दिनमा यसले अहिलेसम्मकै न्यून कलेक्शन हो । यस्तो अवस्थामा अहिले बक्स अफिसमा आदिपुरुषको प्याक अप भएकाे छ भने ३०० करोडको क्लबमा सामेल हुन पनि निकै गाह्रो भएको स्पष्ट भएको छ । अचम्मको कुरा के छ भने ६ सय करोडको ठूलो बजेटमा बनेको ‘आदिपुरुष’ ले आफ्नो लागत पनि निकाल्न सकेको छैन । जबकि यसले पहिलो दिन नै एक सय करोड भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको थियो ।










