फिल्म । राजु गिरीको निर्देशनमा नेपाली फिल्म ‘मेयर साहेब’ निर्माण हुने भएको छ । शुक्रबार निर्देशक गिरीले फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् ।
आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मको अहिले कलाकार छनोटको काम भैरहेको छ । राजनितिक बिषयमाथि निर्माण हुने फिल्मको हाल प्रि-प्रोडक्सन र कथा लेखनको काम भैरहेको छ ।
बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती यसका सह-निर्माता हुन् ।
निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ ।
कमेन्ट गर्नुहोस्