भदौ ८ मा ‘जय हो’

फिल्म । भदौको ८ गतेबाट प्रदर्शन हुने फिल्म ‘जय हो’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक २ पोष्टरमा फिल्मका मुख्य कलाकारहरु सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङको लुक्सलाई देखाईएको छ ।

फस्टलुकमा अधिकांश कलाकारको गेटअप फरक छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानीमा तयार भएको फिल्मलाई टेक पौरखी राइले निर्देशन गरेका हुन् ।

यो फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिष शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भिएफएक्स छ ।

कमेन्ट गर्नुहोस्