डिसेम्बर फल्सको ‘चार घण्टा कुरेको’ सार्वजनिक (भिडियो)

फिल्म । अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘डिसेम्बर फल्स’ को पहिलोगीत सार्वजनिक गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा आर्यनसँगै उपासना सिंह ठकुरी फिचर्ड छिन् । सार्वजनिक ‘चार घण्टा कुरेको’ बोलको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । दीपक शर्माको शब्द र संगीत रहेको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन् ।

‘गीतलाई अडियोको मर्म अनुसार तयार गर्ने कोसिश गरेका छौँ । गीतमा कुनै सम्झौता गरिएको छैन’, कोरियोग्राफर लामिछानेले भने । गीतमा आफूलाई नचाएर राम्री देखाएको भन्दै अभिनेत्री ठकुरीले टिमलाई धन्यवाद दिईन् । ‘मलाई खासै नाच्न आउदैन । यद्दपि मेरो को-स्टार र कोरियोग्राफरले नचाउन सफल हुनुभयो । फिल्ममा काम गर्न पाउँदा खुसी छु । धेरै कुराहरू सिक्न पाएँ’, अभिनेत्री ठकुरीले भनिन् ।

अभिनेता सिग्देलले गीतले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । ‘गीत रमाइलो बनेको छ । धेरै समय पश्चात यसरी नाच्दा रमाइलो लाग्यो । हामीले मेहनत गरेका छौँ । बाँकी दर्शकको हातमा छ’, अभिनेता सिग्देलले भने । उनले अहिले दर्शकले हेर्न चाहेको जस्तै फिल्म ‘डिसेम्बर फल्स’ बनेको समेत बताए । आयोजित पत्रकार सम्मेलनमा निर्माता रामप्रसाद रिजाल, कार्यकारी निर्माता लक्ष्मणप्रसाद रिजाल, छायाँकार महेश आर गुप्ता, सम्पादक बनिश शाह, कलाकार नरेश भट्टराई लगायतका टिम उपस्थित थिएँ ।

प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मा आर्यन र उपासना पहिलोपटक स्क्रिन सेयर गरेका छन् । पुस १५ गते देशव्यापी प्रदर्शनमा आउने फिल्मलाई निर्देशक प्रवीण ओझाको निर्देशन गरेका छन् । फिल्ममा आर्यन, नरेश र उपासनासँगै सलोन बस्नेत,शिवहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय रहेको छ । फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । बिपीका खनालको कथा,केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्म बनिष शाहले सम्पादन गरेका हुन् ।

दीपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्