संगीत । कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमु र छिरिङ शेर्पा मिलेरअग्लाे ठाउँमा नृत्य गरेको कीर्तिमान कायम गरेका छन्। बिहीबार सर्वोच्च शिखर सगरमाथाको काखमा पर्ने कालापत्थर (पाँच हजार ६०० मिटर उचाइ) मा उनिहरूले यो कीर्तिमान कायम गरेका हुन्। यो शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने विश्वभरिबाटै पहिलो टोली हो।
विभिन्न नेपाली लोक नृत्य समायोजन गरी तीन मिनेट लामो प्रस्तुति गरिएको थियो। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरेको बताइएको छ। नृत्यलाई सरस्वती धिमालले कोरियोग्राफ गरेकी हुन्, जसलाई प्रेम पौडेलले छायांकन गरेका थिए।
कमेन्ट गर्नुहोस्








