संगीत । ‘हामि जनतालाई धेरै गार्हो छ’ सार्वजनिक भएको छ । गायक रमण रेग्मीको स्वर,शब्द र अभिनय रहेको म्युजिक भिडीयोमा सिर्जना पोखरेल र कमल रेग्मीले साथ दिएका छन्। जहाँ उनीहरुको अभिनय देख्न सकिन्छ। गायनसँगै समाज सेवामा समेत सक्रिय गायक रेग्मीले घर त लगनखेल, खुल्ला जमिन , मेसो पा छैन , तिमीलाई भेटेदेखि लगायतका गीतहरु बजारमा ल्याइसकेका छन्।
हरि लम्सालको संगीत रहेको गीतमा नेपाली जनताको समसामाहिक समस्या देखाईएको छ। गीतको म्युजिक भिडीयोलाइ केशवराज भट्टले निर्देशन गरेका हुन्। भिडीयोमा नवराज उप्रेतीको छायांकन ,दिन्सोन शाहको सम्पादन र कलर ,मिनाक्षी भट्टराईको मेकअप रहेको छ।
कमेन्ट गर्नुहोस्








