अस्पतालबाट फर्किए मदनकृष्ण

फिल्म । अचानक मुटु दुख्न थालेपछि गएको शुक्रबार राति १ बजे गंगालाल अस्पतालमा भर्ना भएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । आराम गर्न सुझाव दिदै डाक्टरले उनलाई बुधवार डिस्चार्ज गरेको हो । मुटुमा रगत प्रवाह हुने नसा ९९ प्रतिशत बन्द भएर उनलाई अचानक अत्यधिक मुटु दुखेको थियो ।

शुक्रबार बेलुका अस्पताल लगिएका उनको शनिबार बिहान एन्जियोप्लास्टि गरेर स्टेन्ट (धातुको ट्युब) हालियो । उक्त शल्यक्रियामार्फत नाडी वा ग्रुइनमा धमनीमा ट्युब घुसाइन्छ । त्यसपछि मुटुको वरिपरि प्रभावित धमनीमा ट्युब थ्रेड गरिन्छ तथा बेलुन वा स्टेन्ट (धातुको ट्युब) घुसाइन्छ, जसले रोकिरहेको धमनी खुल्छ र रगत प्रवाह सामान्य गतिले हुन्छ । यो उनको दोस्रोपटक शल्यक्रिया हो । यसअघि, सन् २०१९ को अक्टोबरमा पनि यो शल्यक्रिया गरिएको थियो ।

मदनकृष्णकी छोरी सरानाले केहि समयको विश्राम गर्न डाक्टरले सुझाएको बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्