खोप खरिद गर्न २६ अर्ब ७५ करोड बजेट विनियोजन

देश । आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

सम्पूर्ण नेपालीको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले कोभिड रोकथाम नियन्त्रण र खोप सुनिश्चितताका लागि अभाव हुन नदिने बताएका छन् ।निःशुल्क परीक्षण र उपचारको व्यवस्था बिरामीको उपचारका लागि अक्सिजन प्लान्ट सिलिन्डर तरल अक्सिजन ढुवनी गर्ने व्यवस्था मिलाइने उनले बताए ।

कमेन्ट गर्नुहोस्