फिल्म । पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममा पर्ने ‘केजिएफ २’ को रिलिजलाई लिएर विभिन्न चर्चा हुने गरेको छ । भारतमा उत्कर्षमा रहेको कोरोना भाइरसको दोस्रो लहरको कारणले गर्दा पनि फिल्म रिलिजमा अन्यौलता बढेको हो । किनकी फिल्मको निर्माण पक्षले यसलाई हलमै रिलिज गर्ने सोच बनाएका छन् । सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनको स्टारडम बढिरहदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् ।
फिल्मका हिरो यशको जन्मोत्सवको अवसर पारेर सार्वजनिक गरिएको टिजरले विभिन्न रेकर्ड समेत बनाइसकेको छ । फिल्ममा आइटम गीत राखिने छ , जहाँ दर्शकले यशसंग नोरा फतेहीलाई देख्न पाउनेछन् । पछिल्लो समय बलिउडमा आइटम गर्ल भनेर चिनिएकी नोरासंग यशको डान्स हेर्न फ्यान उत्साहित छन् । यसको पहिलो सिरिजमा पनि मौनी रोय र तमन्ना भाटीयाको आइटम डान्स दर्शकले हेर्न पाएका थिए ।
सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी , रविना टन्डन पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् संजय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्ट झैँ पाँच भाषामा रिलिज हुनेछ । (एजेन्सी)








