उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा लाग्न सक्ने

0 Shares

देश । अघिल्लो वर्ष झैँ कोरोना भाइरस (कोभिड-१९) प्रकोप नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना देखिएको छ । आज कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सय भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस गरेसँगै उपत्यका अन्तर्गतका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुको संयुक्त छलफल गरेर निकास निकाल्न सक्नेछन् ।

उपत्यका अन्तर्गतका जिल्लाहरु काठमान्डौ , ललितपुर र भक्तपुरमा सक्रिय संक्रमित ५ सय भन्दा बढी भएकाले सोमबार बैठक मार्फत निर्णय हुने बताईएको छ । संयुक्त छलफल मार्फत एकसाताका लागि निषेधाज्ञा लाग्न सक्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा विभिन्‍न जिल्ला गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । तर सोही अवधिमा थप १२ जना मृतकको विवरणसमेत प्राप्त भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३२ जना कोरोना संक्रमित थपिएका छन् भने काठमाडौंमा उपत्यकामा १४ सय ९८ जना संक्रमित भएका छन् । काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमतिको संख्या ३ लाख १ सय १९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्