प्रभास र पुजाको ‘राधे श्याम’ जुलाईमा

फिल्म । साउथका सुपरस्टार अभिनेता प्रभाष र पूजा हेग्डेको मुख्य भूमिका रहेको ‘राधे श्याम’को टिजर भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा प्रभासको रोमान्टिक अवतारलाई प्रस्तुत गरिएको छ । पछिल्लो फिल्महरुमा एक्सन अवतारमा देखिएका प्रभास यसमा रोमान्टिक छन् । उनले सार्वजनिक दृश्यमा आफ्नो प्रेम जाहेर गरिरहेका छन् ।

यस्तै , जुलाई ३० बाट विश्वभर रिलिज हुने पक्का भएको छ । हिन्दीसंगै तामिल , तेलुगु , मलयालम र कन्नड भाषामा रिलिज हुने फिल्म राधा कृष्ण कुमारको निर्देशनमा तयार भएको हो । यसलाई भुषण कुमार, भाम्सी र प्रमोदले संयुक्त रुपमा निर्माण गरेका छन् । ‘बाहुबली र बाहुबली २’ पछि प्रभाषको क्रेज विश्वभर बढेको छ ।

कमेन्ट गर्नुहोस्