दीपकको फिल्ममा एलिजा

फिल्म । पत्रकार ऋषि धमलाको पत्नीको रुपमा चिनिएकी एलिजा गौतमले पछिल्लो समयमा आफ्नै परिचय स्थापित गरिसकेकी छिन् । नेपाली फिल्ममा ‘अनुराग’ मार्फत डेब्यु गरेकी एलिजालाई चर्चामा भने म्युजिक भिडियोले ल्यायो । उनको फिल्ममा हिरो बन्न अफर गरिएका अधिकाँस कलाकारहरुसँग उनले भिडियोमा काम गरिन् । भिडियोमा मोडलिङ गरिरहेकी एलिजाले दोस्रो फिल्म गर्ने भएकी छिन् ।

उनले पुराना निर्देशक दीपक श्रेष्ठको निर्देशनमा तयार हुने फिल्मको लागि सहमति दिएकी छिन् । कुनै समयका कमर्शियल हिट फिल्म दिने नम्वर वन निर्देशक दीपकले फिल्मको तयारी थालेको केहि समय भईसकेको छ । फिल्म सामाजिक कथावस्तुमा निर्माण हुने भएकोले एलिजा पनि उत्साहित भएकी हुन् । एलिजा बाहेक अन्य कलाकार सार्वजनिक नभईसकेको फिल्म मार्फत दीपक फेरी आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गर्ने योजनामा छन् ।

नयाँ वर्षमा नवीन कामको थालनी । दिग्गज निर्देशक दिपक श्रेष्ठज्यूको निर्देशनमा माघ १ बाट छायाँकन हुने चलचित्रमा सम्झौता…

Posted by Aliza Goutam on Friday, January 1, 2021
कमेन्ट गर्नुहोस्